Apabitra Ragat

Kathmandu Publication
Fiction

Rs. 350
Rs. 315 10 %

प्रश्न उठ्यो– के साच्चँै, मैले जितँे त ? हैन, जितिनँ । बिल्कुलै 
जितिनँ । मैले रगतसँग जितेको भए पो जित हुन्थ्यो । अचम्म लाग्यो ।
आफैँसित रिस उठ्यो ।

म सास दबाएर निदाएको अभिनय गर्दै थिएँ । जता घुच्चायो
उतै हल्लिएँ र पल्टिरहेँ । मेरा इन्द्रीय होसमा थिए कि थिएनन् तर म
बिल्कुल होसमा थिएँ ।

भन्न हुन्न । देखाउन हुन्न । छुनु हुन्न । बोल्नु हुन्न । लाज हुन्छ ।
बेइज्जत हुन्छ । यी सिमाना सबै भत्किएका छन् । सिकाएका सबै कुरा
बिर्सिइएका छन् ।