मानव बस्ती बढेसँगै फोहरका ढुङ्गुरहरु पनि अग्लिदै गएका छन् । जताततै फोहर र प्रदुषण छ । वातावरण दिनानुदिन झनझन खराब हुँदै गएको छ । नबुझ्नेलाई त्यहि फोहर डुङ्डुङ्ती गन्हाउँछ भने बुझ्नेले वातावरण स्वच्छ राख्न सघाउँदै फोहर बाटै मोहर बनाउँछ ।
त्यस्ता सफाईका सिपाहीहरुलाई हामी सम्मानको साटो तिरस्कार गर्छौं । जो सर्वथा निन्दनिय कार्य हो ।
मेरा आत्मीय मित्र श्री हरिबंश आर्चायद्धारा लिखित यो पुस्तक “गोल्ड मेडल” ले हामीले तिरस्कार गर्ने यस्ता सफाईका सिपाहीहरुलाई सम्मान गर्न सिकाउँछ । कुनै काम सानो ठूलो हुन्न भनी सम्झाउँछ ।
रमाइलो ढंगले लेखिएको यो पुस्तक साच्चै पठनीय बनेको छ । मित्र हरिबंशलाई बधाई तथा शुभ–कामना ।
– मदनकृष्ण श्रेष्ठ