नेपाली रङ्गकर्मका एक शालीन व्यक्तित्व पुरू ।
लेखन र निर्देशनमा अब्बल । नवीन सोच, प्रवृत्ति र
प्रयोगलाई मौलिक ढङ्गमा प्रस्तुत गर्दै नाटकमा नेपाली माटोलाई समाहित गर्न सक्षम उनी अत्यन्त सशक्त र सक्रिय रङ्गकर्मी हुन् । नेपाली भाषामा मञ्चनयोग्य नाटकहरू छैनन् भन्नेहरूलाई उनका कृतिहरू उत्तम र
चोटिलो झापड पनि हुन् । उनी स्वयम् कुशल निर्देशक भएकाले पनि हुनसक्छ उनका नाट्यलेखनमा प्रस्तुतिका अनेक सम्भावना छन् । यही प्रस्तुतीकरणमा रहने नवीनतानै उनका खास प्रवृत्ति पनि हुन् । सामाजिक र मानवीय संवेदनाका अनेक पाटाहरू उनका नाटकमा स्पष्ट देख्न सकिन्छ । यसैले पनि उनी नेपाली रङ्गकर्मका एक सशक्त हस्ताक्षर हुन् । यो मेरो मान्यता हो ।
-अशेष मल्ल
बरिष्ठ रङ्गकर्मी