बाजे भन्थे, “भोगाइहरुको चाङ हो, जीवन ।” भोगाइहरुको खात । हाम्रा भोगाइहरु खात लागेर बस्छन् अनि जीवन बन्छन् । मिठा नमिठा अनुभूतिहरुको लगातारको यात्राले जीवन आफै, यात्रा पनि बन्दो रहेछ । एउटा जिउँदो जाग्दो, बग्दो नदी ।
हजारौं वर्ष पहिले यही धरतीमा, यसै धरतीको कुनै कुनामा
मैले बाँचेको एउटा जीवन तपाईँहरुसँग बाँड्न चाहन्थेँ, म । तर मसँग वmुनै तरिका थिएन । वmुनै माध्यम थिएन । मेरो मृत्युपछिको लामो समय म घुमिरहेँ, यही धरतीमा । यही आकाशमा । विभिन्न रुपहरुमा । विभिन्न रङ्गहरुमा ।
कहिले सेताम्य हिउँ भएर हिमाल बनेँ अनि म्वाई खाएँ, बादलहरुलाई । कहिले धरतीलाई चिरेर नदी बनेँ अनि छातीभरि प्यास बोकेर बग्दो भएँ । कहिले सिरसिरे बतास बनेर फूलहरुसँग लुकामारी खेलेँ । कहिले ढुङ्गा बनेँ । कहिले माटो । कहिले धरती बनेँ अनि कहिले आकाश ।
यस्तैमा एकदिन एउटा लेखकसँग मेरो भेट भयो । मैले छोएँ, उसले हे¥यो । मैले प्रतिव्रिmया गरे, उसले बुझ्यो । मैले आँसु खसालेँ,
उसले सँगाल्यो अनि बन्यो यो कथा, मेरो जीवनकथा, नोर !