Singha Durbar

Kathmandu Publication
Fiction

Rs. 350
Rs. 315 10 %

सिंहशार्दूल इतिहासमा आधारित आख्यान हो । यथार्थ र स्वैरकल्पनाको यस मनोहारी कथाले इतिहास जित्नेहरूको मात्र होइन भन्ने देखाउँछ । सत्ता र शक्तिमा नभएकाहरूको जीवनका किस्सा यसमा उनिएको छ । एक मुर्तीकारको
यस प्रेमकथाले पाटनको कृष्णमन्दिर र भक्तपुरको न्यातपोलको इतिवृत्तान्त
बोकेको छ । हाम्रा सम्पदाका इँटा–इँटा र ढुङ्गा ढुङ्गामा अनेक कलाशिल्पीका श्रम, सीप र पसिनाको वासना पाइन्छ । सिंहशार्दूलले यसमा प्रेमको सुवास पनि थपेको छ । सम्पदा र संस्कृतिको गरिमा, इतिहास बोध र सच्चा प्रेमकहानीको यो पुस्तक किशोर र युवा पुस्ताका साथै आम पाठकका लागि पनि धितमर्दो
खुराक बनेको छ ।
तन्त्रमन्त्र शक्ति, सकारात्मक सोच, भक्ति, इच्छाशक्ति, प्रेमशक्ति, सत्य र विश्वासको रोचक वर्णन यस कथाका विशेषता हुन् । हात्तीलाई समेत
सरक्कै च्यापेर उड्न सक्ने सिंहशार्दूल इतिहासदेखि हाम्रा मठमन्दिर र सम्पदाहरूको सुरक्षामा खडा छ । अब त्यही प्रेमिल चराले तपाईंको मनसम्म प्रेमका पखेटा फिँजाएको छ । यसलाई स्वीकार्नुहोस् । इतिहासमा डुब्नुहोस् र स्वैरकल्पनामा हराउनुहोस् ।