Yarcha

Kathmandu Publication
Fiction

Rs. 250
Rs. 225 10 %

म जन्मँदा सानो र खिनौरो थिएँ । मेरो शरीर विद्रुप र घिनलाग्दो थियो । मलाई देख्नेहरु घिनाउँथे । डराउँथे ।
यसो देखे भने हुत्याइ दिन्थे । तैपनि म जीवीतै रहेँ ।
अब त जीउको ढुसी फाट्ला भन्दाभन्दै यो त घाँसझैँ
टुसा हालेर बढ्न पो थाल्यो । मेरै जीउबाट, मेरा दुई आँखाको बीचबाट उम्रेर । अनि म आधा कीरो, आधा घाँस भएँ । हिउँदे कीरो, वर्षे झार ।
मोतीका आँखा फेरि एकपटक आनै शरीर नियाल्न पुगे । आनो शरीरका अंगहरु बढिरहेजस्तो लाग्यो उसलाई ।
झन् लाजले भुतुक्क भई ऊ आफैसँग । उसले आपूmलाई कसैले हेरिरहेका त छैनन् भनी चारैतिर आँखा घुमाई ।